close

सिंहदरबार प्रवेशमा थप कडाइ

सिंहदरबार प्रवेशमा थप कडाइ

Trulli
ADVERTISEMENT

काठमाडौं । अब सिंहदरबार प्रवेश गर्दा अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्ने भएको छ ।

कोभिड-१९ संकट समन्वय केन्द्रले कोरोना भाइरस (कोभिड-१९) महामारी पुनः बढ्न थालेको भन्दै मन्त्रालय, कार्यालय र सचिवालय सिंह दरबार प्रवेशमा कडाइ गर्न निर्देशन गरेसँगै सिंहदरबार प्रवेशका लागि अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्ने भएको हो । 

प्रत्येक मन्त्रालय र सचिवालयको प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था मिलाउन भनिएको छ । यस्तै, सतर्कता बैठक, गोष्ठि तथा सेमिनारमा समेत अपनाउनुपर्ने भनिएको छ ।