काठमाडौं । बाराको पचरौता नगरपालिकाको नगर हस्पिटलमा कर्मचारीको अभावमा सेवा प्रवाह बन्द भएको छ ।
करारमा रहेका कर्मचारीको म्याद थप नहुँदा कर्मचारी अभाव हुँदा सेवा प्रवाह बन्द भएको स्वास्थ्य शाखा प्रमुख नवलकिशोर यादवले जानकारी दिए ।
उनका अनुसार हाल अस्पतालमा एक जनामात्रै स्थायी कर्मचारी छन् । करारमा कार्यरत कर्मचारीको म्याद यही साउन ३२ गतेबाट सकिएको छ ।
म्याद थप नगरसभाबाटै गर्नुपर्ने भएकाले केही टाइम लाग्न सक्ने उनले बताए ।
‘अस्पतालमा डक्टर, नर्स, रेडियो ग्राफर, ल्याबका कर्मचारी, पारामेडिक्सलगायत सबै कर्मचारी करारमा हुनुहुन्थ्याे,’ पालिका खबरसँग उनले भने ।
नेपाल सरकारबाट नमुना दरबन्दी प्राप्त भएको बताउँदै उनले चाँडै यो समस्याको निराकरण हुने आफू आसावादी रहेको उनले बताए ।