काठमाडौँ । चिसोमा जमाइएको मासु वा अन्य खानेकुरा सुरक्षित हुन्छ भन्ने आम धारणा छ तर सधैँ त्यस्तै नहुने रहेछ। वैज्ञानिकहरूका अनुसार कोभिड–१९ को भाइरस सार्स-कोभ-२ रेफ्रिजेरेटेड (चिसोमा राखिएको) वा फ्रोजन (जमेको) माछामासुमा करिब ३० दिनसम्म बाँच्न सक्छ र यसले संक्रमण निम्त्याउन सक्छ।
अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजीको जर्नल एप्लाइड एन्ड इन्भाइरोन्मेन्टल माइक्रोबायोलोजीमा प्रकाशित एउटा नयाँ अध्ययनले सार्स-कोभ-२ भाइरस रेफ्रिजेरेटेड वा फ्रोजन माछामासुमा एक महिनासम्म बाँच्न सक्ने देखाएको हो।
वैज्ञानिकहरूले सार्स-कोभ-२ सँग मिल्दोजुल्दो भाइरस भएका कुखुरा, विफ, पोर्क र साल्मन माछामा यो अनुसन्धान गरेका थिए। उनीहरूले यी उत्पादनहरूलाई ४ डिग्री सेल्सियसमा रेफ्रिजरेसन गर्नुका साथै माइनस २० डिग्री सेल्सियसमा फ्रिजरमा पनि राखे।
यस अनुसन्धानमा संलग्न प्रमुख अनुसन्धानकर्ता एमिली एस बेलीका अनुसार मासुलाई फ्रिजमा ३० दिनसम्म भण्डारण गर्न नसके पनि फ्रिजरमा लामो समयसम्म भण्डारण गर्न सकिन्छ। बेलीको भनाइमा यो भाइरसले एक महिना जमेको अवस्थामा राख्दा पनि संक्रमण सार्न सक्ने पत्ता लागेको छ।
पहिले मानिसमा भाइरस नदेखिए पनि कोभिड–१९ को प्रकोप दक्षिणपूर्वी एसियाका ती ठाउँहरूमा फैलिरहेको थाहा पाएपछि वैज्ञानिकहरूले यो अनुसन्धान सुरु गरेका थिए। भाइरस मानिसहरूबाट नफैलिएकाले यसको फैलावटको पछाडि कारण पत्ता लगाउन यो अनुसन्धान गरिएको थियो।
यो भाइरसबाट हुने रोग कोभिड–१९ ले विश्वलाई नै आफ्नो चपेटामा पारिरहेको छ। स्थिति साह्रै खराब भएपछि विश्व स्वास्थ्य संगठनले मार्च २०२० मा यसलाई विश्वव्यापी महामारी घोषणा गर्यो। त्यसयता यो महामारीले ५६ करोड ४० लाख मानिसलाई संक्रमित गरिसकेको छ भने अहिलेसम्म करिब ६३.८ लाख मानिस यस महामारीबाट मरिसकेका छन्।
यस सम्बन्धमा बेलीका अनुसार ती ठाउँमा प्रकाशित रिपोर्टमा ती ठाउँमा प्रयोग गरिने प्याकेज गरिएको मासुजन्य पदार्थ कोरोना भाइरस (सार्स-कोभ-२) को संक्रमण फैलिएको क्षेत्रमा उत्पादन हुने गरेको पाइयो। यस्तो अवस्थामा यी मासुजन्य पदार्थहरू यो भाइरसको संक्रमणको सम्भावित स्रोत हुन सक्छन्।
यही आधारमा यो भाइरस चिसो वातावरणमा लामो समयसम्म बाँच्न सक्छ कि सक्दैन भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाउनु पर्ने भयो। यस अनुसन्धानको नतिजाले यो सार्स-कोभ-२ भाइरस फ्रिजमा वा जमेको मासुमा एक महिनासम्म बाँच्न सक्ने कुरा स्पष्ट गरेको छ। यद्यपि अनुसन्धानकर्ताहरूका अनुसार चिसो ठाउँमा यो भाइरस भण्डारण गर्दा तिनीहरूको संख्यामा कमी आएको देखिएको छ। तर चिसो तापक्रममा भन्दा रेफ्रिजरेसनमा संख्यामा कमी आएको देखिएको थियो।
वैज्ञानिकहरूका अनुसार यो अनुसन्धान पनि महत्त्वपूर्ण छ किनभने सार्स-कोभ-२ भाइरसले हाम्रो आन्द्रा र श्वासप्रश्वासको नलीमा पनि उत्परिवर्तन गर्न सक्छ। यो अध्ययनका क्रममा, वैज्ञानिकहरूले आरएनए भाइरसका साथमा जनावरहरूमा पाइने अन्य दुई कोरोनाभाइरसहरू तथा मुरिन हेपाटाइटिस भाइरस (एमएचवी) र ट्रान्समिसिबल ग्यास्ट्रोएन्टेराइटिस भाइरसलाई सरोगेटको रूपमा प्रयोग गरेका थिए।
यस्तो अवस्थामा, वैज्ञानिकहरूको भनाइमा खाद्य वस्तुहरू प्याकेजिङ र भण्डारण गर्दाको समयमा यी भाइरसहरूको सम्पर्कमा नआओस् भनेर ध्यान दिनु आवश्यक छ। यसका साथै, प्याकेजिङ गर्नु अघि खानामा रहेका भाइरस र कीटाणुहरूलाई कीटाणुरहित गर्न आवश्यक छ।