काठमाडौं । पछिल्लो २४ घन्टामा थप ४५७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल चार हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा उल्लेखित संक्रिमत पहिचान भएका हुन् ।
यस्तै, एकको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आइतबार ( हिजो) ७३ दिनपछि एकको मृत्यु भएको थियो ।
यसअघि वैशाख २१ गते कोरोनाका कारण एक जनाको मृत्यु भएको थियो ।
यस्तै, काठमाडौँ जिल्लामा मात्र १ सय ६३ जना सङ्क्रमित थपिएका छन् । त्यसपछि ललितपुरमा ६२ जना, ललितपुरमा ४५ जना र मकवानपुरमा २८ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । काठमाडौँ जिल्लामा मात्र ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७७६ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये १ हजार ७०१ जना होम आइसोलेसनमा, संस्थागत आइसोलेसनमा ७५ जना, आइसोलेसनमा १५ जना भेन्टिलेटरमा १ जना रहेका छन् ।