काठमाडौँ । कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । यस्तै, पछिल्लो २४ घन्टामा थप १३५ जनामा कोरोना संक्रमित पहिचान भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३ हजार ४१ जनामा गरिएको परीक्षणका क्रममा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११४ र एन्टिजेन विधिबाट २१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा थप ५९ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४३९ पुगेको छ ।
कोरोनाकै मुख्य कारणले गर्दा लामो समयसम्म कसैले ज्यान गुमाउनु परेको थिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि वैशाख २१ गते कोरोनाका कारण एक जनाको मृत्यु भएको थियो ।