काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२९ जना कोरोना सङ्क्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३७१८ नमुना परीक्षण गर्दा २२९ मा कोरोना पोजेटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा ३६ जना सङ्क्रमित निको भएका छन् । हाल देशभर १२८४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।