काठमाडौं । आज एकैदिन २०० भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।