close

कोरोनाको संक्रमण ग्राफ उकालो लाग्दै, आज १६८ संक्रमित थप

कोरोनाको संक्रमण ग्राफ उकालो लाग्दै, आज १६८ संक्रमित थप

Trulli
ADVERTISEMENT

काठमाडौं । आइतबार १२१ संक्रमित थप भएको नेपालमामा आज २८ प्रतिशतले बढ्दै १६८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ । जसमध्‍ये ७४९ जना होम आइसोलेसनमा रहेका छन् भने २१ जना संस्थागत आइशोलेशन र १२ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।