सुर्खेत । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले विपद व्यवस्थापनासम्बन्धी जिल्ला आहार टिम बनाएको छ ।
मौसम सक्रिए भएसँगै माहामारी तथा विपद व्यवस्थापनका लागि कार्यालय प्रमुख गणेशभक्त्त गौतमको नेतृत्वमा जिल्ला आरआर टिम बनाएको जनस्वास्थ्य सेवा कार्यालय जानकारी दिएको हो ।
जनस्वास्थ्य सेवा कार्यालयका अनुसार संयोजक गौतमसहित १२ सदस्य र नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख सदस्य छन् ।
सदस्यहरुमा अमरबहादुर राना, दयाराम पंगाली, संगिताकुमारी खड्का, घनबहादुर बुढा, उपेन्द्रबहादुर रेगामी, मेहेलकुना अस्पतालका डाक्टर सोजन सापकोटा, प्रथाकि स्वास्थ्य सेवा सालकोटका डाक्टर माधव पन्थी रहेका छन् ।
जनस्वास्थ्य सेवा कार्यालयले महामारी रोग तथा कोभिड–१९, बाढीपहिरो, आगलागी, नसर्नेरोग र भूकम्पको उच्च जोखिकमा सुर्खेतका चार स्थानीय तह रहेको जनाएको छ । उच्च जोखिममा वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिका र गुर्भाकोट नगरपालिका रहेका छन् ।
यस्तै, मध्यम जोखिममा पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका र कम जोखिममा लेकबेशी नगरपालिका, चिङ्गाड र सिम्ता गाउँपालिका रहेका जनस्वास्थ्य कार्यालय जनाएको छ ।