close

लुम्बिनी प्रादेशिक अस्पतालमा सर्पदंस व्यवस्थापन तालिम

लुम्बिनी प्रादेशिक अस्पतालमा सर्पदंस व्यवस्थापन तालिम

Trulli
ADVERTISEMENT

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सर्पदंस व्यवस्थापन तालिम संञ्चालन जारी छ । प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा अस्पतालमा पहिलो दोस्रो र तेस्रो टोलीलाई सर्पदंस व्यवस्थापन तालिम दिइएको छ। 

वर्षायामसँगै मनसुन सुरु भएसँगै सर्पले टोक्ने संभावना बढी भएकोले स्वास्थ्यकर्मीहरूलाई उक्त तालिम दिइएको छ । सर्पले टोकेका बिरामीहरूलाई उपचार गर्न सहज होस् भन्ने उद्येश्यले तालिम आयोजना गरिएको स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरी बताए । 

लुम्बिनी प्रदेशका १२ जिल्लाका स्वास्थ्यकर्मीहरू सहभागी छन् ।