close

मायादेवी-३ लाई 'घरमा सुत्केरीमुक्त वडा' घोषणा

मायादेवी-३ लाई 'घरमा सुत्केरीमुक्त वडा' घोषणा

Trulli
ADVERTISEMENT

रुपन्देही । मायादेवी गाउँपालिका-३ जिल्लाकै पहिलो घरमा सुत्केरीमुक्त वडा घोषणा गरिएको छ । कम्हरिया स्वास्थ्यचौकीमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सामूहिक प्रयत्नले उक्त वडा घरमा सुत्केरीमुक्त वडा घोषित गरिएको हो । 

मायादेवी गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच उक्त वडालाई घरमा सुत्केरीमुक्त वडा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए । कार्यक्रममा पालिकाभित्रका स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको थियो ।

पूर्ण संस्था सुत्केरी घोषणाका लागि पालिकामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरू नम्रता चौधरी, प्रदीपकुमार पण्डित, भोजराज पोख्रेल, सिता आचार्य, कमला पन्त, रामवरण गुप्ता, जितेन्द्र गुप्ता, कमला गिरी, मनिषा बरुवाल, शोभा प्रधान, इन्द्रावती यादव, अवधेश यादव, जमुना सुवेदी, मायादेवी थारुलगायत खटिएका थिए ।

गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरी, जिल्ला समन्वय समितिका सभापति उमाकान्त चापागाईं, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले वडालाई घरमा सुत्केरीमुक्तका साथै पालिकालाई कोभिडविरुद्धको पूर्णखोप पनि घोषणा गरेका थिए । 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख चापागाई, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पाण्डे, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल, कार्यालयका खोप अधिकृत भेषराज शर्मा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिना लगायतले बोल्दै पालिकाले स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको उल्लेख गरे ।