काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बर्डफ्लू पुष्टि भएको छ ।
वीरेन्द्रनगर–३ का कृषक टेकराज आचार्यको फर्ममा बर्डफ्लू देखिएको हो । फार्ममा पालिएका टर्की जातका पंक्षीमा बर्डफ्लू पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयको आकस्मिक बैठकले पंक्षी तत्काल नष्ट गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए ।
उनका अनुसार प्रभावित स्थलमा पंक्षी नष्टका लागि टोली जाँदैछ ।