ललितपुर । आजदेखि देशभर २७ जिल्लामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको पहिलो मात्रा खोप दिइदैंछ ।
तर, ललितपुर महानगरपालिकामा एकदिनपछि मात्र खोप दिइने महानगरपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।
महानरपालिको सूचना अनुसार शुक्रबार वडा नम्बर १ देखि ३ सम्म, १२ गते आइतबार वडा नम्बर ४ देखि ७ सम्म, १३ गते सोमबार वडा नम्बर ८ देखि १४ सम्म, १४ गते मंगलबार वडा नम्बर १५ देखि २१ सम्म र वडा नम्बर २२ देखि २९ गतेसम्मका बालबालिकालाई असार १५ गते बुधबार खोप लगाइने महानरपालिकाले जनाएको छ ।
पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ ।
बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने सरकारको तयारी छ ।