काठमाडौं । मंकिपसको आशंकामा निगरानीमा रहेका युवकमा कुष्ठरोग पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी मंकिपसका बिरामी भनी आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पत्ता लागेको जानकारी दिएको हो ।
मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा भनिएको छ, ‘ मंकिपसको आशंकामा निगरानीमा रहेका २६ वर्षीय युवकमा कुष्ठरोगको जीवाणु भेटिएको छ ।’
स्लिट स्किन स्मियरु जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ठरोगको जीवाणु भेटिएको जानकारी उनले दिएकी छिन् ।