काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंकिपक्सका शंकाष्पद बिरामी भेटिएका छन् ।
काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंकिपक्स भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण मात्रै भएकाे सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । ‘उनलाई बिरामी भन्नुभन्दा पनि लक्षणका आधारमा भर्ना गरिएको हो,’ उनले भने ।
अस्पतालको स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकिपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो ।
दुबईबाट हालै नेपाल आएका ती युवकलाई उपचारका लागि टेकु अस्पतल भर्ना गरिएको हो ।