काठमाडौं । उत्तर कोरियामा पहिलोपटक कोरोना नियन्त्रणका लागि देशभर लकडाउन गरिएको छ ।
सरकारी विभिन्न सञ्चार माध्यमले राजधानी प्योङ्याङमा ओमिक्रोन प्रकोप फैलिएको जनाएका छन् । तर, संक्रमितको संख्या खुलाइएको छैन ।
केसिएनएले उत्तर कोरियाली नेता किम जङ–अनले प्रकोप निर्मूल गर्ने प्रतिबद्धता गरेको जनाइएको छ ।
उत्तर कोरियाले कोरोना नियन्त्रणका लागि सन् २०२० जनवरीदेखि सीमा नाका बन्द गरेको थियो । सो क्रममा उत्तर कोरियाले अत्यावश्यक सामग्री पनि भित्रिन दिएको थिएन । जसका कारण उत्तर कोरियाको अर्थतन्त्रमा धक्कासमेत पुगेको छ ।
केसिएनएका अनुसार नेता किमले भाइरस नियन्त्रणका लागि कडा आपतकालको आदेश दिएका छन् ।
उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार ओमिक्रोन भेरिअन्टको पहिलो संक्रमण चार दिनअघि मात्रै भेटिएको थियो ।