काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३२ जना नयाँ कोरोना संक्रमित पहिचान भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल तीन हजार ९४ जनामा गरिएको पिसिआर परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।
मन्त्रालयका अनुसार सो समयमा २३ जना कोरोनामुक्त भएका छन् भने २१७ सक्रिय संक्रमित छन् ।