काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई तत्काल सम्पत्ति विवरण बुझाउन पुनः निर्देशन दिएको छ । मन्त्रालयले विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल र परिषद्मा कार्यरत कर्मचारी, निजामतीबाहेकका अस्थायी, स्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई पुनः सम्पत्ति विवरण बुझाउन ताकेता गरेको हो ।
०७८÷७९ को सम्पत्ति विवरण पटक–पटक मौखिक र लिखित रूपमा बुझाउन आग्रह गर्दासमेत प्राप्त नभएकाले राष्ट्रिय सतर्कता केन्द्रलगायत निकायमा प्रतिवेदन पठाउन बाधा परेको हुँदा अनिवार्य मन्त्रालयको आन्तरिक प्रशासन शाखाको इमेल गर्न मन्त्रालयले निर्देशन दिएको छ ।