काठमाडौं–पछिल्लो २४ घन्टामा देशभर २५२६ जना कोरोना संक्रमित थपिएका छन् । ११०७३ जनामा गरिएको नमूना परीक्षणमा २५२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही समयावधिमा १६ जना संक्रमितको मृत्यु भएको छ । ८४२५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।