उदयपुर–उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले डिजिटल एक्सरेसहितको उपचार सेवा सञ्चालनमा ल्याउने भएको छ ।
नागरिकको मागअनुसार पालिकामा रहेको एलबी कार्की स्मृति लिम्चुङबुङ अस्पतालमा केही दिनभित्रै डिजिटल भिडियो एक्सरे सेवा सञ्चालन गर्न लागिएको हो ।
डिजिटलको माध्यमबाट गर्न सकिने उपचारलाई थप प्रभावकारी बनाउन यो व्यवस्था गरिन लागेको पालिका अध्यक्ष मेजरकुमार राईले बताए ।
भिडियो एक्सरे सेवा सञ्चालनमा आएपछि सानादेखि ठूला उपचारसमेत नागरिकले पालिकाबाटै पाउने राईको भनाइ छ । लिम्चुङबुङले स्वास्थ्य सेवा प्रवाहमा फड्को मारिरहेको उनको दाबी छ ।