काठमाडौं– पछिल्लो २४ घन्टामा ३ हजार ६ ३७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले बताइन् । उनका अनुसार २४ घन्टामा १२ जनाको मृत्य भएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।