काठमाडौं– पछिल्लो २४ घन्टामा थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो । पछिल्लो २४ घन्टामा संक्रमित हुनेभन्दा निको हुने धेरै छन् । पछिल्लो २४ घन्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना छन् ।