जुम्ला–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीसहित ५२ जनालाई कोरोना संक्रमण देखिएको छ । ९० जनालाई एन्टिजेन परीक्षण गर्दा ३७ जनालाई र १७ जनालाई पिसिआर परीक्षण गर्दा १५ जनालाई कोरोना संक्रमण देखिएको हो । संक्रमणको तेस्रो लहरमा लक्षण देखिएका व्यक्तिको परीक्षण गरिँदा ३० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाले बताए ।
उनले भने, ‘प्रतिष्ठानमै उपचार गर्न आएका बिरामीलाई परीक्षण गर्दा २२ जनालाई संक्रमण देखिएको छ । शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा ४ जना उपचारत छन् । अन्य सबै होम आइसोलेनमा छन् ।’ जुम्लामा संक्रमण तथा रुघाखोकीसँग मिल्दाजुल्दा लक्ष्यण भएका बिरामी गाउँघरमा देखिए पनि कोरोना परीक्षण दायरा भने बढाइएको छैन । १ नगरपालिका र ७ पालिका रहेका छन् ।