close

थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं– पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २३ हजार ९२ परीक्षण गर्दा १० हजार ७०३ मा सङ्क्रमण पुष्टि भएको हो । 

 

सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार ३७४ पुगेको छ । पछिल्लो समय थप ७६६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १९ हजार ५७५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर  ९१.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

 

विगत २४ घण्टामा तीन जनाको सङ्क्रमणको कारणले मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६३५ को सङ्क्रमणका कारणले मृत्यु भएकोे छ । 

 

पाँच सय र २०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला १५/१५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहु, स्याङजा, वागलुङ, दाङ, सुर्खेत र कन्चनपुर रहेका छन् । 

 

नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ६३  हजार ७३४, संस्थागत आइसोलेशनमा एक हजार ६४०, आइसियुमा १९४ र भेन्टिलेटरमा ३५को उपचार हुँदैछ ।