close

बागमती र गण्डकी प्रदेशले लगाए लक्ष्य अनुसारको खोप 

बागमती र गण्डकी प्रदेशले लगाए लक्ष्य अनुसारको खोप 

Trulli
ADVERTISEMENT

काठमाडौं– स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालकाअनुसार प्रदेशअनुसार बागमती र गण्डकीले लक्ष्यअनुसार खोप लगाइसकेका छन् । वागमती प्रदेशले पहिलो मात्रा ८२ प्रतिशत र पूर्ण मात्रा ७६ प्रतिशत तथा गण्डकी प्रदेशले पहिलो मात्रा ८३ प्रतिशत र पूर्ण मात्रा ८२ प्रतिशतले खोप लगाइसकेका छन् । 

 

प्रदेश १ ले पहिलो मात्रा ७४ प्रतिशत र पूर्ण मात्रा ५४ प्रतिशत, मधेश प्रदेश  ले पहिलो मात्रा ५७ प्रतिशत र पूर्ण मात्रा ४८ प्रतिशत, लुम्बिनी प्रदेशले पहिलो मात्रा ७३ प्रतिशत र पूर्ण मात्रा ५७ प्रतिशत, कर्णाली प्रदेशले पहिलो मात्रा ५६ प्रतिशत र पूर्ण मात्रा ५१ प्रतिशत तथा सुदूरपश्चिम प्रदेशले पहिलो मात्रा ६४ प्रतिशत र पूर्ण मात्रा ५९ प्रतिशतले खोप लगाइसकेका छन् ।

 

मनाङ, मुस्ताङ र कास्कीले लगाए शतप्रतिशतलाई खोप

 

महाशाखाका निर्देशक डा लालका अनुसार मनाङ, मुस्ताङ र कास्कीले जिल्लाले पूर्ण मात्राको शतप्रतिशत नै खोप लगाइसकेका छन् भने बाजुरा जिल्लाले पहिलो मात्रा खोप लक्षित वर्गको शतप्रतिशतलाई खोप लगाइसकेको छ । 

 

गण्डकी प्रदेशमा नवलपरासी (पूर्व) ले बाहेक सबै जिल्लाले लक्ष्यअनुसार दुई तिहाइ जनसङ्ख्यालाई खोप लगाइसकेका छन् । प्रदेश  १ का ताप्लेजुङले ६६.४ प्रतिशत, सङ्खुवासभाले ७७.६ प्रतिशत र ओखलढुङ्गाले ६९.८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । मधेश प्रदेशका कुनै पनि जिल्लाले लक्ष्यअनुसारको पहिलो र पूर्ण मात्राको खोप लगाएका छैनन् ।

 

बागमती प्रदेशका धादिङ, नुवाकोट, सिन्धुली र मकवानपुरबाहेक सबै जिल्लाले पूर्ण मात्राको खोप लक्ष्यअनुसार दुई तिहाइ जनसङ्ख्यालाई लगाइसकेका छन् । उपत्यकाका काठमाडौँ ९०.६ प्रतिशत, भक्तपुरमा ९२ प्रतिशत र ललितपुरले ८४.९ प्रतिशत लक्षित जनसङ्ख्यालाई पूर्ण मात्राको खोप दिइसकेको छ । 

 

यस्तै लुम्बिनी प्रदेशमध्ये रोल्पाले ६९.८ प्रतिशत, अर्घाखाँची ६६.६ प्रतिशत, पाल्पा ८०.२ प्रतिशत, रुपन्देही ७८.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाई लक्ष्यअनुसार खोप लगाएका छन् । यस्तै कर्णाली प्रदेशको सुर्खेत जिल्लाले मात्र पूर्ण मात्रा ६५.३ प्रतिशत र सुदूरपश्चिमको बाजुरा जिल्लाले पूर्ण मात्रा ७४.९ प्रतिशत, दार्चुलाले पूर्ण मात्रा ६८.४ प्रतिशत, कञ्चनपुर जिल्लाले पूर्ण मात्रा ७०.९ प्रतिशत लगाएको छ ।