काठमाडौं– नेपालमा संक्रिय संक्रमित आधा भन्दा बढी काठमाडौं उपत्यकामा मात्रै रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नेपालमा संक्रिय संक्रमितको संख्या १४ हजार ३४० रहेको छ, जसमध्ये काठमाडौं उपत्यकामा मात्रै आठ हजार ३९६ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा पाँच हजार ८४२,ललितपुरमा १५ सय ९१ र भक्तपुरमा ९६३ जना रहेका छन् । मन्त्रालयको तथ्यांक हेर्दा ५८.५४ प्रतिशत संक्रिय संक्रमित काठमाडौँ उपत्यकामा रहेका छन् ।
कुन जिल्लामा कति ?
त्यस्तै मन्त्रालयका अनुसार संक्रिय संक्रमित जिल्ला अनुसार ताप्लेजुङमा ९, पाँचथरमा १२, इलाममा १४, झापा १३६, संखुवासभामा १४, तेह्रथुममा ४,धनकुटामा ७, मोरङमा ४४९,सुनसरीमा ३३९, सप्तरीमा ६० उद्यपुरमा १२, खोटाङमा २२, भोजपुरमा १६, सोलुखुम्बुमा ९, ओखलढुगामा ७, रामेछापमा १६, दोलाखमा २९, सिन्धुलीमा २१, महोतरीमा ६४, सल्लाहीमा ७१, सिन्धुपाल्चोक ३९, रसुवामा ५, काभ्रेमा १२४, मकवानपुर १७४, बारा ९०, पर्सा ६२, नुवाकोट ३७, धार्दिङमा ४४, गोर्खामा ५९, लम्जुङमा ४२ , तनहुँमा ३५, नवलपरासीमा १३४, नवलपरासी पुर्वमा १७, चितवन २८८, रुपन्देहीमा २२६, पाल्पामा ४७, स्याङजामा ८७, कास्की ४८१, पर्वत ४३, मनाङमा १, मुस्ताङमा शुन्य , डोल्पामा ४, रुकुम पुर्वमा १७, रुकुम पश्चिम २ , रोल्पामा ३६, प्युठानमा १६, गुल्मीमा ४३, बाग्लुङमा ६७, अर्धाखाचीमा ३५, दाङमा ११८, बाँकेमा २५४, बर्दियामा ६८, कपिलवस्तुमा २२, सुर्खेत ८५, सल्यानमा १२, रोल्पामा ३६, जाजरकोटमा ६, दैलेखमा १७, कालिकोटमा ६, अछाममा १२, जुम्लामा १३, डोटीमा १३, हुम्लामा १, दाचुलामा १३, बैतडीमा ४१ डडेल्धुरामा २१, कन्चनपुरमा १३२, कैलालीमा ३३१, बाजुरामामा ४, बझाङ २२ जना संक्रिय संक्रमित रहेका छन् ।
पाँच जिल्लामा पाँचसय बढी संक्रमित
मन्त्रालयका अनुसार हाल ५०० भन्दा बढी संक्रिय संक्रमित रहेका जिल्लामा काठमाडौँ, भक्तपुर ललितपुर, कास्की र मोरङ रहेका छन् । यस्तै २०० भन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, चितवन, मकवानपुर, बाँके, रुपन्देही र कैलाली छन् भने मुगुमा शुन्य संक्रिय संक्रिय रहेको छ ।
नेपालमा आरटी पीसीआर परीक्षणबाट २४ घण्टामा २ हजार ९२२ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौँमा १४४९, भक्तपुरमा १५०, ललितपुरमा ३१७ जनामा मा कोरोना पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या आठ लाख ४१ हजार २९७ पुगेको छ । त्यसमध्ये आठ लाख १५ हजार ३४७ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
नेपालमा संक्रमण दर ९६.९ प्रतिशत रहेको छ । त्यस्तै कोरोना ११ हजार ६१० जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्युदर १.४ रहेको छ । सरकारले नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ७१ लख ५५ हजार ६२८ मात्रा खोप लगाएको छ ।
जसमा कुल जनसंख्याको ५०.९ प्रतिशले एक मात्रा, ३८.५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै लक्षित जनसंख्याको ७७.६ प्रतिशतले एक मात्रा र ५८.७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।