काठमाडौं–नेपालमा एकै दिन २४४४ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १२८६ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ संक्रमित थपिएका छन्।
२४ घन्टामा कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट १९८१ र एन्टिजेन परीक्षणबाट ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १५३३ जनामा कोरोना परीक्षण गरिएको थियो। देशभर ९ हजार ५२२ जना कोरोनाका संक्रिय संक्रमित छन्। यस्तै ३१३ जना संक्रमणबाट मुक्त भएका छन्।