close

पछिल्लो २४ घण्टामा १३ सय ५७ जना सङ्क्रमित, २ को मृत्यु

पछिल्लो २४ घण्टामा १३ सय ५७ जना सङ्क्रमित, २ को मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं– पछिल्लो २४ घण्टामा एक हजार ३५७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ९६५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै, दुई हजार ४६५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा २५५ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

यसैगरी, देशभर हालसम्म सात हजार ८५५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा दुई लाख १० हजार ५९४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।