close

दाङमा शिक्षक/विद्यार्थी गरी १४ जनामा कोरोना संक्रमणपछि विद्यालय बन्द

दाङमा शिक्षक/विद्यार्थी गरी १४ जनामा कोरोना संक्रमणपछि विद्यालय बन्द

Trulli
ADVERTISEMENT

दाङ– दाङको तुल्सीपुर उपमहागर वडा नम्बर ८ को आश्वरा माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण भएपछि विद्यालय बन्द गरिएको हो । एन्टिजेन परीक्षण गर्दा विद्यालयका ६ शिक्षक र ६ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुल्सीपुर उपमहानगरका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

 

कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरूको स्थानीय मेट्रो अस्पतालमा एन्टिजेन परीक्षण गरिएको थियो । मंगलबारदेखि ५ दिनसम्म विद्यालयको पठनपाठन बन्द गरिएको उपमहानगरका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताए । ‘शिक्षक र विद्यार्थीमा कोभिड देखिएपछि थप संक्रमण फैलन नदिन विद्यालय बन्द गरिरएको छ’ उनले भने, ‘संक्रमित विद्यार्थीको अवस्था सामान्य छ । शिक्षकलाई होम आइसोलेसन बस्न भनिएको छ ।’


त्यस्तै, तुल्सीपुर उपमहानगर वडा नम्बर ६ स्थित राप्ती बाल एकेडेमीका २ विद्यार्थीमा पनि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको विद्यार्थीको सम्पर्कमा आएका अन्य विद्यार्थी र शिक्षकको कोभिड परीक्षण भइरहेको शिक्षा शाखाका भण्डारीले बताए । संक्रमित सबैको अवस्था सामान्य रहेको उनको भनाइ छ ।