close

ओमिक्रोन भित्रन नदिन स्वास्थ्य कार्यालयलाई निर्देशन

ओमिक्रोन भित्रन नदिन स्वास्थ्य कार्यालयलाई निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं–स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोनाको ओमिक्रोन भेरियन्ट भित्रन नदिन पूर्वतयारी गर्न सातबुँदे निर्देशन जारी गरेको छ ।   

 

महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले ७ वटै स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहलाई ओमिक्रोन भेरियन्टको संक्रमण भित्रन नदिन प्रभावकारी उपाय अपाउन आग्रह गर्दै सातबुँदे निर्देशन जारी गरेका हुन् । 

 

 

ओमिक्रोन भेरियन्ट संक्रामक रहेकाले नेपालमा भित्रन नदिन सबै निकाय अझ सतर्क र पूर्वतयारीका साथ लाग्नुपर्ने उनले बताए । नेपालमा ३ जनामा ओमिक्रोन भेरियन्ट देखिएको पुष्टि भएको छ । महाशाखाले जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी भीडभाड हुन नदिने, मास्क प्रयोग गर्ने तथा हात धुन नागरिकलाई आग्रह गरेको छ ।

 

यस्तै, समुदायमा जोखिम क्षेत्र पत्ता लगाई एन्टिजेन किटद्वारा परीक्षण गर्न, पहिचान भएका कोभिडका संक्रमितलाई उचित व्यवस्थापन गर्न, नजिकैका सम्पर्कको पहिचान गरी क्वारेन्टाइन तथा कोरोना परीक्षण गर्नसमेत निर्देशनमा भनिएको छ ।

 

 

यस्तै, सीमा नाकामा रहेका प्रवेश बिन्दुबाट प्रवेश गर्ने यात्रुको प्रोटोकलअनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान तथा कोभिडविरुद्धको खोप प्रयोगमा वृद्धि गर्न र घरमै आइसोलेसनमा रहेका वा क्वारेन्टाइनमा रहेका व्यक्तिको ‘फलोअप’ एवं मापदण्ड पालनाको निगरानी गर्न भनिएको छ ।