close

विदुर नगरपालिकामा निःशुल्क पाठेघर शिविर 

विदुर नगरपालिकामा निःशुल्क पाठेघर शिविर 

Trulli
ADVERTISEMENT

नुवाकोट–नुवाकोटको विदुर नगरपालिकाले नगरभित्रका स्वास्थ्य संस्थामा पाठेघर शिविर सञ्चालन गरिरहेको छ । ६ पुसबाट सुरु भएको शिविर हालसम्म ७ वटा स्वास्थ्य संस्थामा सम्पन्न भइसकेको छ । 

 

उक्त शिविर २४ पुससम्म सञ्चालन हुनेछ । विदुर नगरपालिकाको स्वास्थ्य शाखाले गत वर्ष विभिन्न ५ स्थानमा महिलाको पाठेघर स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो । 

 

उक्त समय सञ्चालित शिविरमा पाठेघर समस्या भएका महिला अत्यधिक रहेको पाइएपछि सबैलाई पायक पर्ने गरी यो वर्ष नगरभित्रका १७ वटै स्वास्थ्य संस्थामा शिविर सञ्चालन गर्न लागिएको हो ।

 

स्थानीय स्तरमै शिविर सञ्चालन हुँदा महिलालाई आप्mनो स्वास्थ्य अवस्थाबारे जानकारी लिन सहज भएको विदुर नगरपालिका वडा नम्बर ४ की सञ्जिला अधिकारीले बताइन् ।  शिविरमा भिडियो एक्सरेसहित महिलासँग सम्बन्धित सबै रोगको पहिचान तथा उपचार स्त्री रोग विशेषज्ञमार्फत दिइँदै आएको छ । सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा सञ्चालित शिविरमा सेवाग्राहीको चाप बढी देखिएको छ ।  स्थानीय स्वास्थ्य संस्थाबाट महिलाले लाभ लिन सकून् भनेरै शिविर सञ्चालन गरिएको वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले बताए ।

 

शिविरमा सहभागी भएकालाई पाठेघरको थप उपचार गर्नुपरे त्रिशूली अस्पताल र काठमाडौंसम्म लगिने उनले जानकारी दिए ।  शिविरमा सहभागी महिलाको पाठेघरको शल्यक्रिया गर्नुपरे नगरपालिकाले निःशुल्क शल्यक्रिया व्यवस्था गर्ने नगर उपप्रमुख गीताकुमारी दाहालले बताइन् ।


हालसम्म वडा नम्बर १, २, ३, ४ र ५ मा रहेका स्वास्थ्य संस्थामा शिविर सञ्चालन भइसकेको छ । बाँकी ८ वटा वडाका स्वास्थ्य संस्थामा क्रमशः शिविर सञ्चालन गर्ने कार्यतालिका छ ।