close

पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड बढी

पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड बढी

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले नेपालमा कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड बढी पुगेको बताएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड ३७ लाख ४० हजार २९६ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । 

 

यसमध्ये १ करोड १ लाख ६६ हजार ५०४ जनाले पूर्ण मात्रा र १ करोड ३५ लाख ७३ हजार ७९२ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ । सोमबार देशभर थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा संक्रमण पुष्टि भएको हो ।

 

थप २२५ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कुल संक्रमितमध्ये ८ लाख ११ हजार ५ जना संक्रमणमुक्त भएकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ ।  हाल देशभर ४ हजार ९३१ जना सक्रिय संक्रमित छन् । आइतबार कोभिडबाट थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५८६ जनाले ज्यान गुमाइसकेका छन् ।