सप्तरी–खडक नगरपालिकाको समन्वय तथा सबल नेपालद्वारा सञ्चालित वास एसडीजी कार्यक्रमअन्तर्गत वडा नम्बर ११ बनौलीमा निर्माण गरिएको स्वास्थ्य चौकीको शौचालय हस्तान्तरण गरिएको छ । सबल नेपालले निर्माण गरेको दुई कोठे पक्की शौचालय हस्तान्तरण गरिएको हो ।
वडा नम्बर ११ का वडाध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरप्रमुख हेमायु हक उपस्थित थिए । एसएनभी नेपालका राजु श्रेष्ठ, कृष्ण जिसी, सबल नेपालका अध्यक्ष जुना गिरी, खडक नगरपालिका स्वास्थ्य संयोजक जयकान्त पण्डितलगायत सहभागी थिए ।
स्वास्थ्य चौकी प्रमुख गजेन्द्र साहले स्वागत गरेको कार्यक्रममा जग्गादाता श्रीमती घुर्नी देवीलाई सम्मान गरिएको थियो । कुल ६ लाख ६१ हजार रुपैयाँको लागतमा बनेको उक्त शौचालयमा सेफ्टी टयांकी, हात धुने व्यवस्था, नुहाउने सुविधाको उक्त शौचालय अपांगतामैत्री छ ।