जुम्ला– राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् । कर्णाली प्रदेशको एमबिबिएस पढाइको औपचारिक उद्घाटन गर्न जुम्ला आएका बेला राष्ट्रपतिले उक्त आग्रह गरेकी हुन् । ‘लामो समयदेखि नागरिक कोरोना संक्रमणबाट आक्रान्त छन्’, उनले भनिन्, ‘अहिले नेपालमा तेस्रो भेरियन्ट ओमिक्रोन पनि देखिएकाले यसबाट नागरिकलाई बच्न आग्रह गर्छु ।’
जुम्लामा १८ वर्षमाथिका ६७ प्रतिशत नागरिक छन् । जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकअनुसार १८ वर्षमाथिका ६७ प्रतिशतमध्ये ३० प्रतिशतलाई मात्रै कोभिडविरुद्धको खोप लगाइएको छ । १८ वर्षमुनिका कुनै पनि नागरिकलाई कोभिडविरुद्धको खोप लगाएको छैन ।