close

कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउने संख्या करोड नजिक 

कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउने संख्या करोड नजिक 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालमा हालसम्म ८७ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् । 


यस्तै, पहिलो डोज मात्रै खोप लगाउनेको संख्या १ करोड ५० लाख ४ हजार ७६४ पुगेको छ । पहिलो र दोस्रो डोज गरी हालसम्म १ करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइसकेको मन्त्रालयले बताएको छ । 

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ लाख २७ हजार ७५३ मात्रा खोप लगाइएको छ । पछिल्लो २४ घन्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ३०४ जना निको भएका छन् । २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार ८१० जनाको नमुना परीक्षण भएको थियो ।