close

नेपालमा पनि फेला पर्‍यो कोरोनाको ओमिक्रोन भेरियन्ट

नेपालमा पनि फेला पर्‍यो कोरोनाको ओमिक्रोन भेरियन्ट

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सह–प्रवक्ता समीर अधिकारीले नेपालमा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । 


६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट पुष्टि भएको पनि मन्त्रालयले बताएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पिसिआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


सबैभन्दा पहिले दक्षिण अफ्रिकामा देखिएको कोरोनाको बी.१.१. ५२९ भेरियन्टलाई २६ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्न भन्दै ओमिक्रोन नामकरण गरेको थियो ।


अहिलेसम्म दक्षिण एसियाका भारत र श्रीलंकासहित विश्वका ३९ देशमा कोरोनाको यो भेरियन्ट फैलिइसकेको छ । भारतमा पनि २१ जनामा यो भेरिएन्ट पुष्टि भइसकेको छ । ओमिक्रोन पुष्टि भएका दुवै जना आइसोलेसन कक्षमा रहेको र सामान्य लक्षण नदेखिएको पनि मन्त्रालयले बताएको छ ।