काठमाडौं–स्वास्थ्य मन्त्रालयले तिहार मनाउन काठमाडौंबाट गाउँघर जाने यात्रुलाई लक्षित गर्दै विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।
मंगलबारदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँ बसपार्क, बल्खु चोक र कलंकी चोकमा गाउँ फर्किनेलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन थालिएको हो ।
खोपको यो कार्यक्रम मंगलबार र बुधबार दुई दिनसम्म सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयको खोप शाखाले जनाएको छ । खोप कार्यक्रम बिहान साढे ७ देखि ४ बजेसम्म सञ्चालन हुनेछ ।
खोप लगाउन यात्रुले उमेर खुल्ने परिचयपत्र देखाउनुपर्नेछ ।