भक्तपुर– सूर्यविनायक नगरपालिकाका १० वटै वडाका स्वास्थ्य चौकीलाई कन्सनट्रेटर मेसिन वितरण गरिएको छ । गार्डेन अफ एन्जल्सको सहयोगमा भोलेन्टर नेपाल नेसनल ग्रुप को सहकार्यमा पालिकाका सबै स्वास्थ्य संस्थालाई उक्त मेसिन वितरण गरिएको हो ।
पहिलो दिन पालिकाको वडा नम्बर ५, ६, ७, ८, ९ र १० र दोस्रो दिन १, २, ३, ४ र ७ वडाका स्वास्थ्य चौकीलाई ती सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
एन्जल्सले नगरभित्रका १० वटै वडाका स्वास्थ्य संस्थालाई मेसिन हस्तान्तरण गर्ने कार्यक्रम बनाएकामा सोहीअनुरूप वितरण गरिएको वडा नम्बर ८ का वडाध्यक्ष किरण थापाले बताए ।
राष्ट्रिय कार्यक्रम संयोजक प्रदीप खड्का, सूर्यविनायक नगरका जनस्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईं तथा जनस्वास्थ्य निरीक्षक पुण्यप्रसाद काफ्लेले सम्बन्धित वडाका जनप्रतिनिधि तथा स्वास्थ्य कर्मचारीलाई उक्त मेसिन हस्तान्तरण गरे ।