जुम्ला– जुम्लाको दुर्गम भेग पातारासी गाउँपालिकाको पटमारा स्वास्थ्य चौकीलाई कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कारितास जर्मनी, कारितास नेपाल र पेस नेपाल जुम्लाको सहयोगमा पटमारा स्वास्थ्य चौकीलाई कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको हो । उक्त सामग्री जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहरालाई हस्तान्तरण गरेका हुन् ।
फोल्डिङ बेड २ वटा, फेससिट २५०, सर्जिकल मास्क ६ हजार, एन ९५ मास्क १ सय पिस, ग्लोब्स १ सय पिस, पिपिई ५० पिस, स्यानिटाइजर ५ सय मिलिमिटरको ७५ वटा, एन्टिजेन किट १५०, हेभी ड्युटी ग्लोब्स १ सय पिस स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । यस्तै, भिटिएम किट १ सय, अक्सिमिटर १० वटालगायत २ लाख ६६ हजार ११५ रुपैयाँ बराबरको १३ प्रकारका कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले बताए ।
जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख बुढाले पछिल्लो समय कोरोना संक्रमण नभएजस्तो नागरिक बिनामास्क हिँडिरहेको बताए । तर, दिनप्रतिदिन संक्रमणका कारण मान्छे मरिरहेकाले सचेत हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ । यसअघि पेस नेपाल जुम्लाले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न प्लान इन्टरनेसनल नेपालको सहयोगमा ४० लाख ७९ हजार २३१ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री विभिन्न स्थानीय तहलाई वितरण गरेको थियो ।
कनकासुन्दरी गाउँपालिकामा ९ लाख २ हजार ३२९, सिंजामा ७ लाख १५ हजार १२२ र हिमामा ६ लाख ९४ हजार ३१८ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको कोभिड अस्पतालमा १७ लाख ६७ हजार ६१ रुपैयाँ बराबरको कोभिड रोकथाम तथा नियन्त्रण स्वास्थ्य सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका संयोजक हेमराज भट्टले बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताललाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर ४ पिस, ४० लिटरको अक्सिजन सिलिन्डर २० पिस, सर्जिकल मास्क २० हजार पिस, एन९५ मास्क ४५० पिस, ५ सय मिलिलिटरको ह्यान्ड स्यानिटाइजर ३५० बोतल, फेससिट ३५० पिस, पिपिई २०० पिस, ग्लोब्स १२००, हेभी ड्युटी ग्लोब्स १०० थान सहयोग गरिएको हो ।
यस्तै, हिमा गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिन्डर ५ पिस, अक्सिमिटर ३८ पिस, सर्जिकल मास्क २० हजार पिस, एन९५ मास्क ५० पिस, ५ सय मिलिलिटरको ह्यान्ड स्यानिटाइजर ३०० बोतल, फेससिट ३०० पिस, पिपिई १०० पिस, ग्लोब्स ६०० थान, हेभी ड्युटी ग्लोब्स ५० थान सहयोग गरिएको हो ।
सिंजा गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिन्डर ५ पिस, अक्सिमिटर ७४ पिस, सर्जिकल मास्क १५ हजार पिस, एन९५ मास्क ५० पिस, ५ सय मिलिलिटरको ह्यान्ड स्यानिटाइजर ३०० बोतल, फेससिट ३०० पिस, पिपिई १०० पिस, ग्लोब्स ६०० थान, हेभी ड्युटी ग्लोब्स ५० थान उपलब्ध गराइएको छ ।
कनकासुन्दरी गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिन्डर ५ पिस, अक्सिमिटर ८८ पिस, सर्जिकल मास्क २० हजार पिस, एन९५ मास्क १०० पिस, ५ सय मिलिलिटरको ह्यान्ड स्यानिटाइजर ३०० बोतल, फेससिट ३०० पिस, पिपिई १०० पिस, ग्लोब्स ६०० थान, हेभी ड्युटी ग्लोब्स ५० थान सहयोग गरिएको हो ।