close

७ वटै प्रदेशलाई दाताले दिए ८ करोडको स्वास्थ्य सामग्री

७ वटै प्रदेशलाई दाताले दिए ८ करोडको स्वास्थ्य सामग्री

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

 

प्रतिष्ठानले कोरोना महामारीको समय प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग पुग्ने गरी सामग्री हस्तान्तरण गरेको हो ।

 
स्वास्थ्य मन्त्रालयमा भएको कार्यक्रममा प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेलगायतको उपस्थितिमा फाउन्डेसनका कार्यकारी निर्देशक स्वाति थापाले प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।


 
फाउन्डेशनले गाउन २ हजार ४ सय थान, फेस सिल्ड २ हजार ३ सय ३२ वटा, एन१९ फाइभ मास्क १ हजार ८ सय मास्क ८ हजार ४ सय, थर्मोमिटर २० थान, पिपिई २ सय ७६ थान, ग्लोब्स १ लाख थानलगायत विभिन्न सामग्री हस्तान्तरण गरेको हो ।


 
बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिन प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय निर्माण गरिएको बताइन् । प्रदेश सरकारले तीनै तहका सरकारबीच पुलको काम गर्न सक्ने बताउँदै कोरोना महामारीको समय सरकार एक्लैले भन्दा पनि सबैको सहयोगबाट नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

 

सरकारी र निजी क्षेत्र मिलेर कोरोना नियन्त्रणमा काम गरिने मुख्यमन्त्री शाक्यले बताइन् । स्वास्थ्य सामग्री सहयोगले कोरोना महामारी नियन्त्रणमा सघाउ पुग्ने बागमती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवाल क्षेत्रीले बताए ।


 
प्रतिष्ठानका कार्यकारी निर्देशक थापाले कोरोना महामारीको दोस्रो लहरमा संक्रमण न्यूनीकरण गर्न र तेस्रो लहरमा संक्रमणबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइन् । प्रतिष्ठानले ७ वटै प्रदेशमा करिब ८ करोडको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।