काठमाडाैं- सरकारले परीक्षा प्रवेश पत्र भएका विद्यार्थीलाई खोपको प्रबन्ध गर्न ७ वटै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै स्वास्थ्य कार्यालयहरूलाई परिपत्र गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले त्रिभुवन विश्व विद्यालय लगायत विश्व विद्यालयस्तरीय विभिन्न तहका परीक्षामा सामेल हुने विद्यार्थीलाई परीक्षाको प्रवेश पत्रका आधारमा खोप उपलब्ध गराउन भनेको हो छ ।
महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलका अनुसार प्रवेशपत्र भएका परीक्षार्थीलाई जिल्ला खोप समन्वय तथा अनुगमन समितिबाट खोप केन्द्र र मिति निर्धारण गरी कोभिड-१९ विरुद्धको एक्सट्राजेनेका वा भेरोसिल खोपको पहिलो मात्रा दिने व्यवस्था गर्नुपर्ने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै यो प्रकृया कार्यान्वयन गर्न ७ वटै प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई परिपत्र गरेको हो ।