close

लाल आधारभूत स्वास्थ्य केन्द्रकाे सेवा संचालन

लाल आधारभूत स्वास्थ्य केन्द्रकाे सेवा संचालन

Trulli
ADVERTISEMENT

बारा- निजगढ नगरपालिका वडा नम्बर १० लालमा नवनिर्मित लाल आधारभूत स्वास्थ्य सेवा केन्द्रले सेवा संचालनमा ल्याएको छ । स्वास्थ्य केन्द्रको नगरप्रमुख सुरेश कुमार खनालले उद्घाटन गरेका छन् । 
           
स्थानीय नागरीकलाई प्राथमिक र सामान्य उपचारको पंहुँच उपलब्ध गराउन आधारभूत स्वास्थ्य केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरप्रमुख खनालले बताए । 

 

पालिकामार्फत प्रत्येक वडामा संचालन भइरहेकोले आधारभूत स्वास्थ्य केन्द्रमार्फत नगर भित्रका सबै नागरिकको स्वास्थ्यमा प्रत्यक्ष लाभ पुग्ने नगरपालिकाले जनाएको छ । 

 

स्वास्थ्य केन्द्रमार्फत अहेव र अनमीले स्वास्थ्य सेवा प्रदान गर्ने निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले पालिका खबरलाई बताए । 

 

स्वास्थ्य केन्द्र भवनको निर्माणकालागी स्थानीय मंजु पौडेल र हिरा मोक्तानले जग्गा प्रदान गरेका थिए ।