काठमाडौं– विकट हिमालपारिको जिल्ला मुस्ताङले १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाएको छ । यसअघि मनाङले आप्mना नागरिकलाई शतप्रतिशत खोप लगाइएको घोषणा गरेको थियो ।
स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाभित्रका १८ वर्ष पूरा गरेका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
हालसम्म ९ हजार ५ सय ८ जना नागरिकले पूरा मात्रा खोप लगाइसकेको उनले बताए । ‘जिल्लाभित्रका लक्षित वर्ग हेर्दा स्थानीय नागरिक सबैलाई खोप लगाइसकिएको छ । कहीँ–कतै न्यून मात्रामा छुटेका हुन सक्लान् । नलगाएका भए सम्पर्कमा आए भने तिनलाई पनि छिट्टै लगाउँछौँ ।’ खोप केही मात्रा मौज्दात रहेकाले छुटेकाले पनि पाउने भण्डारीको भनाइ छ ।
जिल्ला खोप अनुगमन तथा समन्वय समितिको निर्देशनअनुसार खोप लगाइएकाले सफलता हात परेको उनले सुनाए । मुस्ताङमा भेरोसेल खोप पहिलो डोज लगाएका २४२ जनाले दोस्रो डोज लगाउन बाँकी भए पनि लक्षित वर्ग सबै खोपको दायरामा आइसकेको स्वास्थ्य कार्यालयले बताएको छ ।
मुस्ताङमा हालसम्म ५१८ जनामा कोरोना संक्रमण पुष्टि भएकामा अहिले २० जना सक्रिय संक्रमित छन् । एक जना छोसेर कोभिड अस्पतालमा उपचाररत छन् भने अन्य सबै सक्रिय संक्रमित होम आइसोलेसनमा छन् ।
मुस्ताङमा कोरोनाका कारण हालसम्म१५ जनाको मृत्यु भएको छ । हालसम्म मुस्ताङमा पिसिआर विधिबाट २२३ जनाको परीक्षण गर्दा ११२ जनामा र एन्टिजेन विधिबाट २ हजार ७ सय १७ जनाको परीक्षण गर्दा ४०६ जनामा कोरोना ९ पोजिटिभ पाइएको हो ।