कैलाली- कैलालीको धनगढी उप-महानगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि अनिवार्य मास्क अभियान सुरु गरेको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै कोरोना फैलिन सक्ने हुँदा उप-महानगरले अनिवार्य मास्क अभियान सुरु गरेको हो ।
धनगढी उप-महानगर प्रमुख नृपबहादुर वडले मास्क लगाएर सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।
अभियान सफल बनाउन धनगढीमा क्रियाशिल सामाजिक संघ-संस्था, प्रहरी प्रशासन, नेपाल रेडक्रस सोसाइटीका प्रमुख तथा प्रतिनिधि सम्मिलित बैठक उपमहानगर कार्यालयमा बसेको थियो ।
‘निषेधाज्ञा खुकुलो भएपछि स्वाभाविक रूपमा बजार, कार्यालय सबैतिर चहलपहल बढ्छ’, नगरप्रमुख वडले भने, ‘भीडभाडमा कोरोनाको संक्रमण सर्नबाट जोगिने एउटै उपाय मास्को प्रयोग मात्रै हो ।’
जनस्वास्थ्यलाई ख्याल गरेर चलाइएको यो अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरिएको वडले बताए ।