जुम्ला– पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाले एकपछि अर्को सफलता प्राप्त गर्दै गएको छ । अस्पतालमा हाडजोर्नीका सफल शल्यक्रिया हुन थालेका छन् ।
सबै खाले जटिल शल्यक्रिया गर्दै गएको प्रतिष्ठानले पहिलो पटक जुम्लामै घाँटीको जटिल शल्यक्रियामा समेत सफलता पाएको हो ।
यसअघि कर्णालीबासी घाँटीको जटिल शल्यक्रियाका लागि लाखौँ खर्चिए काठमाडौं तथा भारतसम्म पुग्ने गरेका थिए । अब प्रतिष्ठानमै शल्यक्रिया हुने भएपछि बिरामीको आर्थिक भारसमेत घट्नेछ ।
प्रतिष्ठानले स्थानीय एक युवकको घाँटीको जटिल शल्यक्रिया गरेको हो । तिला गाउँपालिका वडा नम्बर ७ का २० वर्षीय लोकबहादुर रोकाया कामको सिलसिलामा २ तले घरको भ¥याङबाट खस्दा घाँटीमा गम्भीर चोट लागेको थियो ।
गम्भीर चोट लागेपछि सिकिस्त बिरामी बनेका लोकबहादुरलाई उपचारका लागि प्रतिष्ठानको हाडजोर्नी तथा नशा रोग विभागले आवश्यक तयारी गरी जटिल शल्यक्रिया सुरु गरेको थियो ।
प्रतिष्ठानका सह–प्राध्यापक तथा हाडजोर्नी विभाग प्रमुख डा. पुजनकुमार रोकायाको नेतृत्वमा डा. तुलाकृष्ण गुप्ता, डा. रमेश भट्टराई, डा. अर्जुनप्रसाद तिवारी, डा. निराजन महासेठलगायतको टिमले शल्यक्रिया गरेको हो ।
यसअघि कर्णालीबासी घाँटीको जटिल शल्यक्रियाका लागि लाखौँ खर्चिए काठमाडौं तथा भारतसम्म पुग्ने गरेका थिए । अब प्रतिष्ठानमै शल्यक्रिया हुने भएपछि बिरामीको आर्थिक भारसमेत घट्नेछ ।
डा. पुजनकुमार रोकायाले भने, ‘यस्तो जटिल खाले शल्यक्रियामा सघाउने ओटी विभाग, एनेस्थेसिया तथा आइसियु विभाग, रेडियोलोजी विभाग तथा हाडजोर्नी विभागको सम्पूर्ण टिम धन्यवादका पात्र भएका छन् ।’
उनका अनुसार यदि बिरामीको हड्डी भाँचिएपछि समयमा अप्रेसन नगरिए पछि हातखुट्टा बांगो भई काम गर्न गाह्रो हुने तथा अपांगसमेत हुने सम्भावना रहन्छ । २२ वैशाखपछि प्रष्ठिानमा ३८ जना बिरामीको हाडजोर्नीको सफल शल्यक्रिया भइसकेको छ ।