काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकाले कोरोनाविरुद्धको खोप किन्न एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । नगरपालिकाको ७०औं कार्यपालिका बैठकले आफ्ना नगरवासीलाई कोरोनाबाट जोगाउन खोप किन्ने निर्णय गर्दै एक करोड रुपैँया बिनियोजन गरेको हो ।
नगरप्रमुख कृष्णहरि थापाका अनुसार कार्यपालिका बैठकले खोप किन्न १ करोड बजेट छुटे्याउँदै जिटुटी प्रकृयामार्फत खोप किन्ने निर्णय गरेको हो ।
घहामीले खोप खरिदको बाटो खोल्यौँ, अव केन्द्र सरकारले अनुमति दियो भने हामी चीनवाट भगिनी सम्वन्ध भएका नगरमाफृत खोप ल्याउन सक्छौं ।’
थापाका अनुसार निःशुल्क खोप ल्याउन पहल गरिने र त्यसो हुन नसके खरिद गरेर भएपनि नागरिकलाई खोप सुविधा दिने निर्णयमा नगरपालिका पुगेको हो ।
नगरपालिकाभित्र एक लाख ३ हजार जनता छन् । नगरमा संघीय सरकारले १८ जेठवाट भेरोसिल खोप लगाउने भनिसकेको छ ।
नगरपालिकाले हालसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा मात्र ३ करोड रुपैयाँ खर्च गरिसकेको नगर प्रमुख थापाले बताए ।
नगरपालिकाभित्र कोरोनाको दोस्रो लहर सुरु भएपछिमात्र ४० जनाले ज्यान गुमाइसकेका छन् भने हाल १५५४ जना संक्रमित छन् । ती मध्ये होम आइसोलेसनमा १ हजार ३९ जना छन् ।