close

ताप्लेजुङ जिल्ला अस्पताललाई निर्माण व्यवसायीले दिए २०० थान एन्टिजेन किट

ताप्लेजुङ जिल्ला अस्पताललाई निर्माण व्यवसायीले दिए २०० थान एन्टिजेन किट

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङका ८ जना निर्माण व्यवसायीले ताप्लेजुङ जिल्ला अस्पताललाई करिब १ लाख ८० हजार रुपैयाँ बराबरको २०० एन्टिजेन किट हस्तान्तरण गरेका छन् । सहयोग सामग्री निर्माण व्यवसायीले ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सोनिङ लामालाई हस्तान्तरण गरेका हुन् ।

 

निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष जसबहादुर लिम्बूका अनुसार सेवालुङ निर्माण सेवा प्रालिबाट प्रोप्राइटर जसबहादुरले ३५ हजार रुपैयाँ उपलब्ध गराएका छन् । यस्तै, हिमालयन कन्स्ट्रक्सनका प्रोप्राइटर इन्द्र केदेमले २५ हजार, पोमु कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर दीपेन पोमु, पहाडी निर्माण सेवाका प्रोप्राइटर मंगलसिंह साँवा, नेचाली राई कान्छा कन्स्ट्रक्सनका प्रोप्राइटर विश्वराज राई, कान्छा लावती कन्स्ट्रक्सनका प्रोप्राइटर ज्ञानेन्द्र लावतीले जनही २०–२० हजार रुपैयाँ सहयोग गरेका छन् ।

 

कञ्चनजंघा निर्माण सेवाका विनोद भारती, विकास हाङ्गाम, गजेन्द्र केदेम र विशाल गुरुङ तथा डेबिड कन्स्ट्रक्सन प्रालिका गणेश खाती, राजकुमार खिम्दिङ र विश्वास खिम्दिङले संयुक्त रूपमा २०–२० हजार रुपैयाँ उपलब्ध गराएको निर्माण व्यवसायी संघ ताप्लेजुङले जनाएको छ ।