close

कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइदिन दातासँग तिलोत्तमाको गुहार

कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइदिन दातासँग तिलोत्तमाको गुहार

Trulli
ADVERTISEMENT

रूपन्देही– तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणले थप जोखिम बढ्न सक्ने देखिएकाले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसीसँग अनुरोध गरेको छ ।

 

नगरप्रमुख वासुदेव घिमिरेले आइसीआरसीका प्रमुखलाई पत्र लेख्दै कोरोना खोपको उपलब्धता र समन्वयका लागि अनुरोध गरेका हुन् ।नगरपालिकामा कोरोना संक्रमण तीव्र रूपमा बढेसँगै थप जोखिम निम्तिन सक्ने भएकाले खोप माग गरिएको पत्रमा उल्लेख छ ।

 

तिलोत्तमाका प्रवक्ता सुरेन्द्र श्रीले आइसीआरसीसँग खोप उपलब्ध गराउन अनुरोध गरिएकाले पाउने आशमा रहेको बताए । ‘पत्राचारसँगै नगरपालिकाले विभिन्न माध्यमबाट आइसीआरसीका प्रतिनिधि सम्पर्क गरिरहेको छ’, उनले भने, ‘उताबाट सकारात्मक प्रतिक्रिया आएको
छ ।’

 

पत्रमा नगरपालिकाका लागि ७० हजार डोज खोप उपलब्ध गराउन अनुरोध गरिएको छ । माग गरेजति सबै नआए पनि थोरै धेरै खोप आउने नगरपालिकाका प्रवक्ता श्रीले जानकारी दिए ।

 

‘हामीले नगरबासीलाई पुग्दो हिसाबले माग गरेका छौँ । उपलब्धता र अवस्था के छ, त्यसअनुसार आउला । थोरै आयो भने पनि हामी अरू संघ–संस्थासँग सम्पर्क गर्छौं ।’

 

तिलोत्तमा हालसम्म ५ हजार बढी संक्रमित भएका छन् । त्यसमध्ये ४ हजार २ सय निको भइसकेका छन् । कोरोना संक्रमणबाट नगरमा ८५ जनाले ज्यान गुमाइसकेका छन् । एक हजारजति अझै पनि आइसोलेसनमा रहेको तिलोत्तमानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।