काठमाडौं- एन्टिजेन किटको अभावमा भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ । लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको हो ।
सो नाका हुँदै दैनिक २५ जनाभन्दा बढी नेपाली वीरगञ्ज प्रवेश गर्ने गरेको भए पनि किटको अभावमा कोरोना परीक्षण हुन सकेको छैन ।
किटको अभावमा अहिले सामान्य ज्वरो मात्र नाप्ने गरिएको छ । यदि कोरोनाको लक्षण देखिएमा जुन जिल्लाको बासिन्दा हुन्छ त्यही जिल्लामा उपचारको लागि पठाउने गरेको महानगरपालिकाले जनाएको छ ।
पालिका खबरसँग कुरा गर्दै महानगरपालिकाका प्रमुख बिजय सरावगीले जिल्ला जनस्वास्थ्य कार्यालयले हालसम्म किट उपलब्ध नगराउँदा समस्या देखिएको बताए ।