close

देशभरका १३ अस्पतालमा अक्सिजन प्लान्टसहितका पूर्वाधारमा खर्चिन अर्थले दियो १८ करोड

देशभरका १३ अस्पतालमा अक्सिजन प्लान्टसहितका पूर्वाधारमा खर्चिन अर्थले दियो १८ करोड

Trulli
ADVERTISEMENT

काठमाडौं- अर्थ मन्त्रालयले ताप्लेजुङ जिल्ला अस्पतालसहित देशभरका १३ वटा अस्पतालमा अक्सिजन प्लाट जडान तथा खरिद प्रक्रिया अघि बढाउन करिब १८ करोड रुपैयाँ दिने सहमति जनाएको छ ।

 

अर्थले भक्तपुर क्यान्सर अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि २-२ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २५ शय्याको एचडियु बेड जडानका लागि ३ करोड १२ लाख ७० हजार र चरीकोट अस्पतालमा ५ शय्याको एचडियु बेड जडानका लागि ८० लाख रुपैयाँ दिने सहमति जनाएको छ । 

 

यस्तै, चरीकोट अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि ७५ लाख, जिरीमा ५ शय्याको एचडियु बेड जडानका लागि ८० लाख रुपैयाँको सहमति पनि अर्थ मन्त्रालयले दिएको छ ।

 

बाजुरा अस्पताल, बझाङ अस्पताल, ताप्लेजुङ जिल्ला अस्पताल, अछाम जिल्ला अस्पताल, सोलुखुम्बु जिल्ला अस्पताल, डोटी जिल्ला अस्पताल, खोटाङ जिल्ला अस्पताल, सूर्यविनायक नगरपालिकाको सूर्यविनायक अस्पताल र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा अक्सिजन प्लान्ट जडानका लागि प्रत्येकमा ७५–७५ लाख रुपैयाँका दरले निकासा दिने सहमति अर्थले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको छ ।

 

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, डोटी अस्पताल र बझाङ जिल्ला अस्पतालमा ५-५ शय्याको एचडियु बेड जडान गर्न प्रत्येकलाई ८०-८० लाख रुपैयाँ दिने सहमति भएको छ ।

 

गत ४ जेठमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेटको व्यवस्था गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध पत्र पठाएका थिए ।